२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुटवल नारायणघाट सडक विस्तार २ वर्ष म्याद थप्न निर्माण कम्पनीको प्रस्ताव

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

(ABC-Sanchar)

बुटवल । पछिल्लो पटक थपिएको म्याद आउँदो भदौ ११ गते सकिदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यस बिचमा निर्माण कम्पनीले करिब दुई वर्ष म्याथ थपको प्रस्ताव गरेको छ ।

बस्ती क्षेत्रमा छ लेन , जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताउनुभयो । ‘पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्रे गर्ने, साना ठूला पुलहरू निर्माण गर्ने लगायतका काम सँगै अघि बढिरहेको छ’ ढकालले भन्नुभयो ।

पूर्वी खण्ड नवलपुर तर्फ दुवै तर्फ गरि एक सय ३० किलोमिटर मान्दा आयोजनाले हाल सम्म १४ दशमलब ५ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सम्पन्न भएको इन्जिनियर ढकालले बताउनुभयो ।
पूर्वी खण्डमा रहेका १२ वटा ठूलो पुल मध्य ९ वटामा सब स्ट्रक्चरको काम सकिएको, २ वटामा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउण्डेसनको काम चलिरहेको इन्जिनियर ढकालले बताउनुभयो । यस खण्डमा रहेका २२ वटा साना पुल मध्य २१ वटामा काम सुरु गरेकोमा १८ वटा पुलको दुवै तर्फको काम सकिएको छ । तीन वटामा एकतर्फीको काम सकिएको उहाँले बताउनुभयो ।

गतवर्षहरूमा वर्षामा डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था रहेकोमा अहिले त्यो समस्या नहुने इन्जिनियर ढकालले बताउनुभयो । अहिले सबै जसो स्थानमा पुलबाटै गाडी सञ्चालन गर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कतै कतै कल्भर्टहरु भएको स्थानमा केही समस्या देखिएपनि वर्षामा यातायात सञ्चालनमा ठूलो समस्या नपर्ने इन्जिनियर ढकालले बताउनुभयो ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पहिलो पटक थप गरिएको म्याद सकिन लाग्दा करिब दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको छ । विसं. २०७९ साउनमा निर्माण सम्झौताको पहिलो म्याद सकिएपछि विसं. २०८० भदौ ११ गते सम्मका लागि म्याद थप गरिएको थियो । यस अवधिमा काम सम्पन्न हुन नसकेपछि आयोजनाले करिब दुई वर्ष म्याद थपको प्रस्ताव गरेको इन्जिनियर ढकालले बताउनुभयो । ‘निर्माण कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ, मागे जति म्याद थप हुदैन, अहिले मूल्याङ्कन गर्ने काम हुँदै छ, सोही अनुसार यस विषयमा पछि निर्णय हुन्छ’ इन्जिनियर ढकालले भन्नुभयो

। नारायणगढ बुटवल सडक बिस्तार आयोजना विसं. २०७५ चैतमा सुरु गरि करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

एक सय १३ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजित गरि काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब रु. १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा अघि बढाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]