२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौँका एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले यस वर्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मीरा चौधरी डिआइजी बुद्धि गुरुङ, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्षेत्रमा राम्रो काम गरेको भन्दै रेकर्डमा उल्लेख हुने उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन्।

यसअघि आइजीपी कुँवरले ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका थिए। प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्था अनुसार गत आर्थिक वर्षको अन्तिम दिन आइतबार आईजीपी कुँवरले एक जना जवान, ५ जना सहायक हवलदार, २ जना सहायक निरीक्षक र एक जना नायब निरीक्षकलाई एक तह बढुवा गरेका थिए।

त्यसको दुई दिनपछि विभिन्न कार्यालयका प्रमुखसहित २४ जनालाई पुरस्कृत गरेका हुन्। यस्तो किसिमको पुरस्कारबाट कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीमा सकारात्मक सन्देश जाने भएकाले उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!