१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

कसरी आयो १०० किलो सुन विमानस्थल भन्सार गेटबाट यी हुन् पक्राउ परेकाहरू

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।

सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

error: Content is protected !!