२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुपन्देहीमा पेस्तोल देखाएर आतंक मच्चाउने एक युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

ABC (क्राईमबिट)

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका-४ महदेबा बस्ने वर्ष ३० का इन्द्रकेश यादवलाई प्रहरीले चार दिनअघि घर नजिकैबाट पक्राउ गरेको हो । गत असार १९ गते राति साढे ११ बजेतिर मर्चवारी गाउँपालिका-४ पुन्हीकोटबाट दुबलिया जाने बाटोको खैरागाउँमा सडक कालोपत्र गर्ने क्रममा निर्माण व्यवसायीसँग विवाद हुँदा हतियार फायर खोलेर यादव फरार रहेको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

यादवमाथि जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद लिई प्रहरीले ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए । घटनास्थलबाट प्रहरीले यादवले प्रयोग गरेको लु ३३ प ७६५३ नं. को सुपर स्पिलिन्डर मोटरसाइकल, मेड टाइप ५४ चाईनिज पेस्तोल जस्तो देखिने एउटा हतियार, गोली दुई थान र फायर भएको खोका १ थान बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!