२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

धनुषामा मोटरसाइकल चोरी लगायतको आरोपमा ३० जना युवकहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

 

ABC (क्राईमबिट)

धनुषा । मोटरसाइकल लगायत विभिन्न सामान चोरीमा संलग्न रहेको आरोपमा धनुषामा ३० युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, धनुषाले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। केही दिनयता पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

मोटरसाइकल लगायत सरसामान चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक १७ देखि ३८ वर्षसम्मका छन्। मोटरसाइकलसँगै हेल्मेट, धर्मशालामा चोरी गर्ने, पसलबाट नगद चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रसाद गौतमले बताए।

डीएसपी गौतमका अनुसार केही व्यक्ति यसअघि पनि चोरीको आरोपमा पक्राउ परेका थिए। पटक पटक पक्राउ परेका उनीहरूले चोरी गरेको स्विकारेको पनि डीएसपी गौतमले बताए।

गत आर्थिक वर्षमा धनुषा प्रहरीमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएका थिए। जसमध्ये ८१ वटा मोटरसाइकल खोजबिन गरेर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। त्यस्तै, चोरी भएका ३६५ मध्ये २६० मोबाइल फेला परेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!