२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अश्लील भिडिओ पठाएर मानसिक यातना दिने एक युवक कारागार चलान

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । प्रेम सम्बन्धमा रहँदाको अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको आरोप लागेका युवक कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासले मंगलबार दोलखा भीमेश्वर नगरपालिकाका ३८ वर्षीय सुदीप राउतलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
यसअघि आफ्ना पूर्वप्रेमीले अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको भन्दै जाहेरी परेपछि प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो । सुदीपसँग आफू करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनको खराब व्यवहारका कारण पछिल्लो समय टाढिन खोज्दा मानसिक यातना पाएको जाहेरवालाको दाबी छ ।

युवतीका अनुसार उनीहरू ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, पछिल्लो समय अशोकको व्यवहारमा परिवर्तन आएको र कोठामा बोलाएर गाली गर्ने, कुटपिट गर्ने गरेको जाहेरीमा उल्लेख छ । उनले आफूलाई युवक लागुऔषध सेवनकर्ता जस्तो लागेपछि टाढिँदै गएको बताएकी छन् ।

त्यसपछि सुदीपले सम्बन्धमा रहेका बेला खिचिएका अश्लील भिडिओ र तस्बिरहरू आफू र आफन्त, साथीलाई पठाएर बेइज्जती गरेको जाहेरीमा युवतीले जाहेरीमा लेखेकी छन् । प्रहरीले आरोपीको मोबाइलबाट केही भिडिओसमेत बरामद भएको जनाएको छ ।

ती युवकविरुद्ध एक लाख रूपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!