२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

अश्लील भिडिओ पठाएर मानसिक यातना दिने एक युवक कारागार चलान

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । प्रेम सम्बन्धमा रहँदाको अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको आरोप लागेका युवक कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासले मंगलबार दोलखा भीमेश्वर नगरपालिकाका ३८ वर्षीय सुदीप राउतलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
यसअघि आफ्ना पूर्वप्रेमीले अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको भन्दै जाहेरी परेपछि प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो । सुदीपसँग आफू करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनको खराब व्यवहारका कारण पछिल्लो समय टाढिन खोज्दा मानसिक यातना पाएको जाहेरवालाको दाबी छ ।

युवतीका अनुसार उनीहरू ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, पछिल्लो समय अशोकको व्यवहारमा परिवर्तन आएको र कोठामा बोलाएर गाली गर्ने, कुटपिट गर्ने गरेको जाहेरीमा उल्लेख छ । उनले आफूलाई युवक लागुऔषध सेवनकर्ता जस्तो लागेपछि टाढिँदै गएको बताएकी छन् ।

त्यसपछि सुदीपले सम्बन्धमा रहेका बेला खिचिएका अश्लील भिडिओ र तस्बिरहरू आफू र आफन्त, साथीलाई पठाएर बेइज्जती गरेको जाहेरीमा युवतीले जाहेरीमा लेखेकी छन् । प्रहरीले आरोपीको मोबाइलबाट केही भिडिओसमेत बरामद भएको जनाएको छ ।

ती युवकविरुद्ध एक लाख रूपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।