२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी राईको प्रमुख आतिथ्यतामा पाठ्यक्रम विकास तालिम तेस्रो समूहको अन्तरक्रिया समापन

Logo
प्रकाशित शनिबार, साउन १३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज मिति २०८०।०४।१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक, प्र.अ.म.नि. श्री टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्र.उ.-१ जना, प्र.ना.उ.-१० जना, प्र.नि.-१३ जना (१ जना महिला सहित) गरी जम्मा २४ जना प्रशिक्षार्थी सिनियर प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधन गर्नुभयो ।

साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. श्री रबिन्द्र के.सी., सह-निर्देशक प्र.व.उ. श्री मधुसूदन लुईटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. श्री दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. श्री बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. चित्र बहादुर गुरुङले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]