२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रोल्पाको होलेरी बजारमा सिसि क्यामेराको निगरानी

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

रोल्पा । होलेरी दक्षिण/पश्चिम रोल्पाको प्रमुख ब्यापारी केन्द्र समेत रहेको होलेरी बजारको शुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ।

बजारमा हरेक गतिविधि सिसि क्यामेरामा रेकर्ड हुने भएको छ।गत बर्षको माघ १ गते होलेरी बजारका विभिन्न घरमा लाखौंको धनमाल चोरी भएपछि प्रहरीले चोरी गर्नेहरूलाई अनुसन्धान समेत गर्न सकेको थिएन।

बजार क्षेत्रमै चोरी भएपनि सिसि क्यामेरा नहुँदा अनुसन्धान गर्न कठिनाई भएको ईलाका प्रहरी कार्यालय होलेरीको निष्कर्ष रहेको थियो।

हाल रुन्टीगढी गाउँपालिकाले बजारको विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेको छ।

सिसि क्यामेरा जडान गरेपछि स्थानियहरुले केहि हदसम्म शुरक्षित महशुस गरेका छन्।

सिसि क्यामेरा कत्तिको दिगोकाल सम्म टिकाएर राख्ने हो भन्ने बिषयमा भने स्थानियहरुको आशंका रहेको छ।
यस भन्दा अगाडि पनि लाखौं खर्च गरेर गाउँपालिकाले डिजिटल सुचारु बोर्ड राखेको थियो।तर उक्त बोर्डमा प्राविधिक समस्या आएपछि मर्मत गर्नुको सट्टा पालिकाले निकालेर राखेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!