२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

संचारकर्मी सागर रोकाले आफ्नो जन्म दिनमा मानवसेवा अश्रममा खाद्यान्न एवं फलफूल वितरण

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०

(सागर थापा)

दाङ । आधुनिक समाजमा जन्म दिन तडक भडकका साथ मनाउने संस्कारको विकास भईरहँदा यहि समाजका केही त्यस्ता व्यक्तिहरुले भने आफ्नो जन्म दिनलाई केही उदाहरणीय र सार्थक सेवाभावले मनाउने गरेका छन् । सामाजिक संस्कारको खडेरी परिरहेको हाम्रो समाजमा अहिले पनि केही त्यस्ता यूवाहरु छन् ।

जुन समाजका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुदैछन् । आफ्नो विलासी जीवनशैलीका कारण आमाबाबु समेतलाई वृद्धाआश्रममा राखेर व्यस्त जीवन जिउनेहरुका लागि पनि ती समाजका लागि अहोरात्र खटिने युवाहरु प्रेरणाका पात्र बन्ने गरेका छन् । दाङको मानव सेवा आश्रममा काम गर्ने युवाहरु मात्रै होईन, त्यहाँ सेवा गर्न जाने र आश्रममा आश्रित बुबाआमा तथा दिदीबहिनी र दाजुभाईहरुसँगै आफ्नो जन्म दिन मनाउनेहरु पनि बढ्दै गएको छ ।

दाङ तुलसीपुर १८ निवासी सक्रिय संचारकर्मी सागर रोकाले आफ्नो जन्मदिनको सुभ अवसर पारेर मानवसेवा आश्रम दाङ शाखामा गएर आफ्नो २७ औ जन्म दिनमा खाद्यान्न एवं फलफूल वितरण गरि मनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]