(ABC-Sanchar)
बर्दिया । आइतबार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ ।
यसैबिच, अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढ्न थालेको छ । शनिबारदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।