०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

देशमा भएका उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेमा मात्रै मुलुक अघि बढ्न सक्नेमा मुख्यमन्त्री आचार्यको संकल्प :

Logo
बिदुर एमसी प्रकाशित सोमबार, जेठ ०४, २०८३

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् ।

रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना गरेको प्रदेशको चौथो कार्यकारिणी समितिको चौथो पदस्थापना कार्यक्रममा सम्बोधनका क्रममा सोकुरा उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएकोप्रति दु:ख व्यक्त गरे । लुम्बिनी प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सधैं साथमा रहनेमा विश्वस्त हुन आग्रह पनि गरेका छन् ।

व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था भएको आचार्यले जानकारी गराए । उनले सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको पनि सबैलाई स्मरण गराएका छन् । उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिनेमा मुख्यमन्त्रीले जिकिर गरेका छन् ।

मुख्यमन्त्री आचार्यले संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै अझै अगाडि भने, ‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन । कुनै गल्ती कमजोरी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ ।

अहिले यतिबेला नै निजी क्षेत्र चरमरूपमा समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण भएमा निजी क्षेत्र नै स्वत : धरासायी हुने खतरा रहनेछ, उनलेे चर्चा गरे । निजी क्षेत्रलाई चलायमान बनाउन सकिएन भने मुलुकको आर्थिक अवस्था अत्यन्तै कमजोर बन्ने आचार्यको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी गराए । ‘निजी क्षेत्रलाई उत्साहित बनाउने गरी प्रदेश सरकारले योजना बनाउँदैछ । तपाईंहरुसँग बसेर योजना समावेश गरिनेछ, ’उनले सबैलाई आश्वस्त पारे ।

‘स्थानीय उत्पादन वृद्धि, उद्यमशीलताको प्रवर्द्धन र बजार सुनिश्चितताका लागि निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्न प्रदेश सरकार तयार छ ’ आचार्यले भने । युवालाई आकर्षित गर्ने र निजी क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम समेत प्रदेश सरकारले ल्याउन थालेको खुलस्त पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!