१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

श्रममन्त्री यादवको सचिवालय सदस्य मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ ०४, २०८३

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ।

२०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

केसीलाई प्रहरी प्रधान कार्यालयको अन्वेषणमा तानिएको छ भने सप्तरीमा नवराज मल्ललाई पठाइएको छ।

यसअघि केसीसहित ४८ एसपी एकै लटमा सरुवा भएका थिए। तर शुक्रबार ४६ जनाको सरुवा हुँदा उक्त लटबाट केसी मात्रै सरुवामा परेका हुन्।

मुस्तकिम मियाँमाथि फागुन १४ गते राजविराजको हनुमानचोकबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएर बन्दुक देखाउँदै सुनसान स्थानमा पुर्‍याई लुटपाट, कुटपिट र अमानवीय व्यवहार गरेको आरोप छ।

जाहेरीअनुसार पीडितलाई निर्वस्त्र बनाएर नचाएको, भिडियो खिचेको, भुइँमा थुकेर चाट्न लगाएको र घटना सार्वजनिक गरे भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोप लगाइएको छ।

मियाँ श्रममन्त्री रामजी यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा नियुक्त थिए। उनले आफूलाई मन्त्रीको स्वकीय सचिवका रूपमा समेत चिनाउने गरेको बताइएको छ।

पीडितको जाहेरीपछि जिल्ला अदालत सप्तरीबाट वैशाख २४ गते प’क्राउ अनुमति लिएर प्रहरीले वैशाख २८ गते मियाँलाई नियन्त्रणमा लिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]