०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

श्रममन्त्री यादवको सचिवालय सदस्य मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ ०४, २०८३

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ।

२०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

केसीलाई प्रहरी प्रधान कार्यालयको अन्वेषणमा तानिएको छ भने सप्तरीमा नवराज मल्ललाई पठाइएको छ।

यसअघि केसीसहित ४८ एसपी एकै लटमा सरुवा भएका थिए। तर शुक्रबार ४६ जनाको सरुवा हुँदा उक्त लटबाट केसी मात्रै सरुवामा परेका हुन्।

मुस्तकिम मियाँमाथि फागुन १४ गते राजविराजको हनुमानचोकबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएर बन्दुक देखाउँदै सुनसान स्थानमा पुर्‍याई लुटपाट, कुटपिट र अमानवीय व्यवहार गरेको आरोप छ।

जाहेरीअनुसार पीडितलाई निर्वस्त्र बनाएर नचाएको, भिडियो खिचेको, भुइँमा थुकेर चाट्न लगाएको र घटना सार्वजनिक गरे भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोप लगाइएको छ।

मियाँ श्रममन्त्री रामजी यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा नियुक्त थिए। उनले आफूलाई मन्त्रीको स्वकीय सचिवका रूपमा समेत चिनाउने गरेको बताइएको छ।

पीडितको जाहेरीपछि जिल्ला अदालत सप्तरीबाट वैशाख २४ गते प’क्राउ अनुमति लिएर प्रहरीले वैशाख २८ गते मियाँलाई नियन्त्रणमा लिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!