०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०

फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा घर भई काठमाडौं नयाँबसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, कास्कीकी सुब्बु भन्ने शुभेक्षा गुरूङ, अनुप श्रेष्ठ र रोहन तामाङ छन्। उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले बताए।

प्रहरीका अनुसार सिमान्त लामाले फेसबुक ह्याक गर्ने गर्थे।

त्यसपछि विभिन्न बहाना बनाएर फेसबुकमा रहेका साथीहरूलाई मेसेज गरेर अमन्त लामाले पैसा माग्ने गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए।

शुक्षेक्षा र अनुपले वालेटमा आएको रकम झिक्ने काम गर्थे। रोहन तामाङले भने सिम कार्ड उपलब्ध गराएको प्रहरीले जनाएको छ।

यसरी फेसबुक ह्याक गरी रकम माग्ने गरेको भन्ने उजुरी पछि प्रहरीको टोली खटिएको थियो।

उनीहरू बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन्।

अनुसन्धानको क्रममा उनीहरूले ३० वटा फेसबुक ह्याक गरेको खुलेको छ। १२ वटा जिमेल आइडीको प्रयोग गरी उनीहरूले फेसबुक ह्याक गर्ने गरेको एसपी रेग्मीले बताए।

त्यस्तै विभिन्न बहानामा ओटिपी कोडहरू मागेर फेसबुक ह्याक गरेका हुन्।

उनीहरूविरूद्ध २२ जना पीडित प्रहरी सम्पर्कमा आएका छन्।

उनीहरूले १४ लाख ५८ हजार रुपैयाँको कारोबार गरेको देखिएको छ।

उनीहरूमाथि ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैयामा *किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद* हुँदा प्रहरीले एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला प्रहरी कार्यालय बाराको अगाडि *अर्धनग्न प्रदर्शन* भएको छ। *घटना विवरण:* स्थानीय स्रोतका अनुसार दुई समूहबीच पैसा असुली र क्षेत्राधिकारलाई लिएर विवाद भएको थियो। विवाद बढेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउलाई अन्यायपूर्ण भन्दै प्रदर्शनकारीहरूले पक्राउ […]

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

error: Content is protected !!