०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

दाङमा विभिन्न समस्या आत्महत्याको घटना बढ्दो : दाङ प्रहरीको तथ्यांक

Logo
प्रकाशित सोमबार, भाद्र ०४, २०८०

 

ABC (क्राईमबिट)

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, वडा नं. १९ विजौरी र राजपुर गाउँपालिका वडा नं. ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर विक, विजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई उपचारका लागि अस्पताल पु¥याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरुले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

तीन जनाले आत्महत्या गरेको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन् । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् ।

दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष नौ सय ५७ आपाराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी दुई सय १९ वटा आत्महत्याकासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये एक सय ७३ जनाले झुण्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्सान र तीन जना नदीमा हामफालेर गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बताए ।

आर्थिक वर्ष २०७९/८० मा दुई सय १९, आव २०७८/७९ मा दुई सय २०, आव २०७७/७८ मा दुई सय ४१ र आव २०७६/७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न मानसिक तनाब, उच्च महत्वकाक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ ।

व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । उहाँ भन्नुहुन्छ, “सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नुहुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।”

प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार व्यक्त गर्नु हुन्छ, ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।

“आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसननै हो,” डाक्टर मुरली मनोहर रौनियारले भन्नुभयो । उहाँ यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमि आउने बताउनुहुन्छ । उहाँले आत्महत्यालाई निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!