१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

सडकमा टिकटक बनाउने भावनालाई कर्णाली डिआईजी सापकोटाको चेतावनी अटेरी गरे मुद्दा चल्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ०३, २०८३

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।

*के भएको थियो:*
टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। पछाडिबाट आउने गाडीले हर्न बजाएर जोगिनुपर्ने अवस्था देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सल्यान प्रहरीले एक पटक सम्झाएर छोडेर पनि फ़ेरि पटकपटक ब्यस्त सडकमा भावना पुन मगरले टिकटक बनाएको धेरै ठाँउहरुबाट व्यापक जनगुनासो आए पछी कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी जयराज सापकोटाले जिल्ला प्रहरी कार्यालय सल्यानलाई निर्देशन दिएको र अबदेखि पनि बाटोमा टिकटक बनाएर सवारी साधनहरु दुर्घटना हुने उच्च जोखिम भएको हुँदा यो दोस्रो पटक बोलाएर सम्झाउने नमाने सडक एन अनुसार जरिवाना र मुद्दासम्म चल्ने डिआईजी सापकोटाले बताए ।

*प्रहरीको भनाइ:*
सडक भनेको आवागमनका लागि हो, कन्टेन्ट बनाउने थलो होइन। यस्तो गतिविधिले आफैं र अरू सवारी चालक दुर्घटनामा पर्न सक्छन्। सल्यान प्रहरीले उनलाई बोलाएर सडक सुरक्षाबारे एक पटक बोलाएर सम्झाएको छ र लिखित रूपमा सचेत गराएको छ।

*कानुनी पक्ष:*
_सडक ऐन २०३१_ र _सवारी तथा यातायात व्यवस्था ऐन २०४९_ अनुसार सार्वजनिक सडकमा बाधा पुर्याउने, अनावश्यक रूपमा उभिने, खेल गर्ने कार्य दण्डनीय छ। पटक-पटक दोहोरिए जरिवाना र मुद्दासमेत चल्न सक्छ।

*प्रहरीको अनुरोध:*
सल्यान प्रहरीले सबै टिकटक प्रयोगकर्ता र सर्वसाधारणलाई सडकमा भिडियो नबनाउन, आफ्नो र अरूको ज्यान जोखिममा नपार्न आग्रह गरेको छ। रमाइलोका लागि सुरक्षित ठाउँ छान्नु नै बुद्धिमानी हुने बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]