(ABC-Sanchar)
जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६० लाख नगद शुक्रवार भेटिएको थियो।
आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक तथा वित्तीय संस्था बाढीले डुबानमा परेको थियो।