ABC (क्राईमबिट)
काठमाडाैं । कुनै पनि अपराध कर्म गर्ने जो सुकैलाई कानूनको कठघरामा उभ्याउने भन्दै चर्को भाषण गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाली नागरीकलाई भुटानी सरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा सकृय अनुसन्धानमा सकृय दुई एसएसपीलाई सरुवा गरेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट आज जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रमुख दानबहादुर कार्कीलाई महानिरीक्षकको सचिवालयमा सरुवा गरेर उनका ठाँउमा एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गरिएको छ ।
त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेर उनका ठाँउमा सुरक्षा परिषदमा रहेका एसएसपी सोमेन्द्र सिंह राठाैरलाई ल्याइएको छ । सुरक्षा परिषदमा सानुराम भट्टराईलाई सरुवा गरिएको छ ।