०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

दाङ प्रहरीले अपहरण र शरीर बन्धक आरोपमा ७ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र ०५, २०८०


ABC (क्राईमबिट)
दाङ । घोराहीमा एक जनालाई अपहरणपछि बन्धक बनाइ कुटपिट गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१३ सेवार बस्ने ४१ वर्षीय जीतबहादुर विकलाई आइतबार राति अपहरणमा परेका थिए । सोमबार बिहान उनलाई बन्धक बनाइ कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा घोराही-१९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिम बहादुर घर्ती मगर छन् ।

उनीहरुसँगै घटनामा संलग्नता आरोपमा दुई जना नाबालिगलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

विकलाई राति अपहरण गरी रा १ ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही-१९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा राखेर कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जाहेरी लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डीएसपी गौतमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!