०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बालसुधार गृहबाट १७ जना कैदीबन्दी फरार खोजी कार्य अझै जारी : प्रहरी

Logo
प्रकाशित मंगलबार, भाद्र ०५, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना कैदीबन्दी फरार भएकोमा १७ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

फरारमध्ये सोमबार साँंझसम्म एक सय ९४ जना पक्राउ परेका थिए। राति थप १० जना पक्राउ परेका थिए। भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले उनीहरुको खोजी कार्य निरन्तर जारी रहेको जनाएका छन्।

बालसुधार गृहमा कैदी जीवन बिताइरहेका मन्थली नगरपालिका–३, कठजोरका वर्ष १८ का कमल बस्नेतको आइतबार रहस्यमय मृत्यु भएको थियो। बेहोस भएपछि अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको थियो। मृत्युपछि आफन्तले आइतबारदेखि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए।

त्यस क्रममा सोमबार स्थिति तनावपूर्ण बनेको थियो । बालसुधार गृह गेट बाहिर पीडितका आफन्तहरुले र भित्र कैदीवन्दीहरुले विरोध गर्दै रहेको थियो। सोमबार कैदीवन्दीले आन्दोलनलाई उग्र बनाउँंदै जवरजस्ती मुल गेट बाहिर आएका थिए। यस क्रममा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यस क्रममा कैदीबन्दी र प्रहरीवीच झडप भएको थियो। यस क्रममा सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो। गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्केर भागेका थिए।

झडपमा परी प्रहरीतर्फ १९ जना र बालबन्दीतर्फ दसजना गरी कुल २९ जना घाइते भएको प्रहरीले जनाएको थियो। उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार प्रहरीतर्फका घाइते नागरिक अस्पतालमा दुईजना, भक्तपुर अस्पतालमा दुईजना, भक्तपुर ईन्टरनेश्नल अस्पतालमा दुई जना, मध्यपुर अस्पतालमा पाँंच जना, सशस्त्रको नागरिक अस्पतालमा आठजना गरी कुल १९ जनाको उपचार भइरहेको छ। यस्तै वन्दी बालबालिकातर्फ नागरिक अस्पतालमा सात जना, ट्रमा सेन्टरमा तीन जना गरी कुल दस जनाको उपचार भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!