२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा साउन १ गतेदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा

Logo
प्रकाशित बुधबार, भाद्र ०६, २०८०


(ABC-Sanchar)
बाँके । नेपालगन्ज उपमहानगरपालिकाका मात्रै नभई अन्य असहायलाई सेवा दिएको उक्त कामको जिम्मेवारी पाएका कलिम राई बताउ“छन् । उनका अनुसार, एक महिनाको अवधिमा करिब ५० जनाले सेवा लिइसकेका छन् ।

‘नगरभित्र मात्रै होइन कोही असाध्यै गरिब र असहायले अनुरोध गर्दा नगर बाहिरसम्म सेवा दिएका छौं ।’ राईले भने । उनले आफुहरुले २४ सै घण्टा सेवा दिइरहेको पनि बताए । नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेबाट २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो ।

गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पु¥याउन गरिएको सेवाबाट धेरै जना लाभान्वित भएकोमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले खुसी व्यक्त गरेका छन् । बिष्टले बिरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।

‘अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुख दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘चौबिसै घण्टा उपमहानगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पु¥याउने व्यवस्था गरेका छौ“ ।’

हाल नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगन्जमा २० वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]