
(ABC-Sanchar)
काठमाडौं । गायन क्षेत्रमा सानो उमेर देखि चर्चामा रहेकी कलाकार समिक्षा अधिकारी नेपाली श्रोताका माझमा फेरी चर्चामा आएकी छन् ।
विगतमा गायन र उनको सुमधुर स्वरका कारण चर्चामा आएपनि यस पटक भने उनी चर्चामा आएको अष्ट्रेलिया भिसा रद्ध प्रकरण भएको छ । एक वर्ष अवधि बाँकी रहेको उनको भिसा रद्ध हुनुको कारण यस अघि अष्ट्रेलिया जाँदा टेक केयरका लागि दिदीलाई लिएर गएकी थिइन तर उनलाई फिर्ता ल्याइनन् । अहिले अष्ट्रेलियामा तीजको अवसरमा आयोजना हुन लागेकाे कार्यक्रममा जाने तयारीमा थिइन । एक वर्षे भिसा भए पनि १८ वर्ष उमेर नपुगेका कारण केयर टेकरको आवश्यक्ता पर्ने भन्दै आवेदन दिएकी समिक्षाको एक वर्षको भिसा रद्ध भएको छ ।
भिसा रद्ध भएपछि सामाजिक संजालमा उनका विषयमा अनेक टिप्पणी भइरहेका छन् । सामाजिक संजालको वालमा उनलाई मानव तस्कर त होइनन ? भनेर समेत प्रश्न गरिएको छ ।