१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

धरानमा मध्यरातसम्म निषेधाज्ञा जारी

Logo
प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०


(ABC-Sanchar)
धरान । जनस्वास्थ्यको संकट र सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि शनिवार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा गरेको विज्ञप्ती मार्फत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी गराएकी हुन्।

उक्त समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ।

प्रशासनले निषेधाज्ञा जारी गरेको क्षेत्रमा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको छ। यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पुर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो।

प्रशासनले धरानलाई डेंगीको कारण जनस्वास्थ्यको आपतकालिन अवस्था क्षेत्र घोषणा गर्ने गरि सिफारिस भइसकेको अवस्थामा धार्मिक, साम्प्रदायिक, जनस्वास्थ्य तथा सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै निषेधाज्ञा जारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!