२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

धरानमा मध्यरातसम्म निषेधाज्ञा जारी

Logo
प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०


(ABC-Sanchar)
धरान । जनस्वास्थ्यको संकट र सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि शनिवार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा गरेको विज्ञप्ती मार्फत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी गराएकी हुन्।

उक्त समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ।

प्रशासनले निषेधाज्ञा जारी गरेको क्षेत्रमा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ पर्ने झण्डाचोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम रामधुनी नगरपालिका ६ नम्बरबाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फ पनि निषेधाज्ञा जारी गरेको छ। यस्तै, इटहरी वडा नं २० पर्ने तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान वडा नं ५ प्रवेश गर्ने पुर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो।

प्रशासनले धरानलाई डेंगीको कारण जनस्वास्थ्यको आपतकालिन अवस्था क्षेत्र घोषणा गर्ने गरि सिफारिस भइसकेको अवस्थामा धार्मिक, साम्प्रदायिक, जनस्वास्थ्य तथा सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै निषेधाज्ञा जारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!