
ABC (क्राईमबिट)
तौलिहवा । गोरुसिंगे सडक अन्तरगत बुद्धभुमी नगरपालिकाको रामघाट पुल नजिकै प्रहरीले उक्त मिनी ट्रक पक्राउ गरेको हो ।
चिनी लिएर अर्घाखाची तर्फ हिडेको गाडीमा दुई वटा नम्बर प्लेट राखीएको थियो । प्रहरी चेकजाँचका क्रममा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन।
प्रहरी टोलीले शंकालागि चेक जाच गर्नेक्रममा अगाडी रातो नम्बर प्लेटको लु १ क ५४५२ र पछाडी कालो नम्बर प्लेटको लु २ ख ५४८६ नम्बरको मिनी ट्रकमा ६४ बाेरा चिनी सहीत पक्राउ गरिएको बोहोराले बताईन्।
विशेष सुचनाका आधारमा तस्करी गरी भित्राइएको चिनी र गाडी बरामद भएको उनले बताईन्। तस्करहरुले एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी यस्तो अबैध कारोवार गरको यो पहिलो घटना हो। मिनी ट्रकका चालक सहित भारतबाट भन्सार छली गरी ल्याएको अबैध ६४ बोरा चिनी नियन्त्रणमा लिई सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाहोराले बताईन्।