०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

भारतमा रेल भित्र ग्यास सिलेन्डर विस्फोट हुँदा ९ जना तीर्थयात्रीको मृत्यु ५० जना घाइते

Logo
प्रकाशित शनिबार, भाद्र ०९, २०८०


(ABC-Sanchar)
काठमाडौं । पुनालुर–मदुराई एक्सप्रेसले लखनउबाट ल्याएको उक्त डिब्बामा शनिवार बिहान आगलागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई १० लाख अनुदान दिने घोषणा गरेको छ ।

अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विस्फोट हुँदा उक्त हताहत भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ ।

कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिन्डर विस्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र ९ शव बरामद गरिएका जनाइएको छ । दुर्घटना स्थलमा उद्धार जारी छ ।

दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैर कानुनी रूपमा ग्यास सिलिन्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् ।

जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुर तिरेर यात्रा गर्न सक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने कानुनी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!