०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

गोरु काटेर खानेलाई पक्राउ गरी कारवाही माग गर्दै हिन्दुधर्म समर्थकहरुको प्रदर्शन

Logo
प्रकाशित शनिबार, भाद्र ०९, २०८०


(ABC-Sanchar)
इटहरी । शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि उनीहरुले इटहरीमा प्रदर्शन गरेका हुन्।

नेपालका प्रथम जगत गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरुले गाई गोरु काट्नेलाई कारवाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाड्ने धरनका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो राति १२ बजेदेखि आज राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्ति सुरक्षा प्रदान गरेको छ।

आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाईगोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि हिन्दुधर्म समर्थकहरु आन्दोलित भएका हुन्।

धरानमा केहिदिनदेखि गौमाताको हत्या गरिरहेकोले गौमाताको रक्षा गर्न र सामाजिक सद्भाव नबिथोलियोस् भनेर धरानमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको बताए। बालसन्तले गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेका छन्।

उनले सरकारले संविधानको रक्षा गर्न नसकेको पनि आरोप लगाए। धरानमा गाई काटेर कानुनलाई खुल्ला चुनैती दिंदासमेत राष्ट्रिय जनावर गाई काट्नेलाई कारवाही नगरिएको घटनाले सरकारले संविधानको रक्षा गर्न नसकेको बालसन्तको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!