
(ABC-Sanchar)
धनगढी । ब्यस्त बजार आसपासका मुख्य सडकमा छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गरेपछि सास्ती खेप्नुपरेको हो।
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी र स्थायी राजधानी गोदावरी (अत्तरिया) जोड्ने छ लेन सडकमा गाईबस्तुको हुल हुने गरेको छ। १४ किलोमिटर लामो सो सडकको चटकपुर बोराडाँडी खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ।
स्थानीयवासीले दुध दिन छोडेपछि घर निकाला गरेका गाईबस्तु सडकमा भेटिने गरेका हुन्। सडकमा छाडिने गरिएका चौपायालाई नियामक निकायले नियन्त्रणमा नराख्ने र सडकमा छाड्नेहरूलाई पहिचान गरी कारबाही गर्न जोडदार माग गर्दै आएका छन्।