०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

गायिका समिक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध दिइन् साईबर प्रहरीमा उजुरी

Logo
प्रकाशित सोमबार, भाद्र ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखेर पोस्ट गरेको भन्दै गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । त्यस्तो कार्य साइबर अपराधसम्बन्धी घटना भएकाले कानुनबमोजिम कारबाहीको माग गर्दै उनले आइतबार निवेदन दिएकी हुन् ।

उनले ‘ताजा खबर,’ ‘ग्लोबल नागरिक’ ‘हाम्रो लर्निङ सेन्टर’ र ‘रुटिन अफ बुटवल बन्द’ नामका फेसबुक पेजले आफ्नो विषयमा अतिरञ्जित कुरा लेखी हुँदै नभएको कुराहरु बिना प्रमाण समाचारका रुपमा प्रेषित गरेको निवेदनमा उल्लेख गरेकी छन् । ‘कुनै प्रमाण नभइ बिना आधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिलाई खोजतलास गरी कानुनी कारवाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ,’ निवेदनमा भनिएको छ ।
उनले आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गरेर मानसिक यातना दिएको निवेदनमा खुलाएकी छन् । उनले प्रमाणस्वरुप ती फेसबुक पेजबाट पोस्ट भएका सामग्रीको स्क्रिनसट प्रहरीलाई बुझाएकी छन् ।

अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई कालो सूचीमा राखेको भन्ने झुटो खबर फैलाइएकाले त्यसको प्रतिवादस्वरुप जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उनले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन् ।

‘वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ,’ उनले भनेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले गायिका अधिकारीको निवेदन आइतबार साँझ ढिलो गरी आएकाले त्यस विषयमा के गर्ने भन्ने सोमबार छलफल गर्ने बताए । ‘उहाँलाई सोमबार छलफलका लागि बोलाएका छौं,’ उनले भने, ‘प्रदेश प्रहरी कार्यालयमार्फत साइबर ब्युरोमा पठाउने कि के गर्ने भन्ने सोमबार नै तय हुन्छ ।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!