०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

कोशी पुलमा गाडी छोडेर डाक्टर बेपत्ता भएपछि प्रहरीले खोजीकार्य जारी

Logo
प्रकाशित सोमबार, भाद्र ११, २०८०

(ABC-Sanchar)
सुनसरी । चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी छाडेर डा. प्रज्वल कोइराला सम्पर्कविहीन भएपछि प्रहरीले खोजी थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एवं एसपी ज्ञानेन्द्र फुँयालले बताए ।

डा. प्रज्वलन कोइरालाले आत्महत्या प्रयास गरेको हुन सक्ने प्रहरीको आकलन छ ।

एसपी फुयाँलले भने, ‘गाडी पुलमै छ, जुत्ता, मोजा, मोबाइल पुलमै भेटिएको छ, घटना हेर्दा आत्महत्याको प्रयास गरेको जस्तो देखिन्छ, मोबाइलका आधारमा अनुसन्धान गर्दै छौ ।’

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन कोइराला झापा दमक नगरपालिका १ का बासिन्दा हुन्। ३८ वर्षीय कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

एसपी फँयालका अनुसार १-०२-००२ च ४१६६ नम्बरको कार छाडेर चिकित्सक बेपत्ता भएका हुन्।

बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ। स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!