०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सिआईबीका एआइजी किरणलाई कमाण्डर बनाएर सुन तस्करीको अनुसन्धान सुरु

Logo
प्रकाशित मंगलबार, भाद्र १२, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर तोकेर विशेष ब्युरोको डिआइजीलाई सहभागी गराएका छन्।

सिआइबी प्रमुख एआइजीकै कमाण्डमा प्रत्यक्ष निगरानीमा अनुसन्धान हुँदै गरेको अवस्थामा विशेष ब्युरोबाट डिआइजी पनि सहभागी गराउनुपर्ने भएपछि एआइजीलाई नै कमाण्डर बनाएर जिम्मेवारी थप गरिएको छ।

राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेर आफैँ अनुसन्धान सुरु गरेको भएपनि संगठित अपराध अनुसन्धानमा सीआईबीलाई जिम्मा लगाएपछि प्रहरी महानिरीक्षकले करिब ४० दिनपछि अनुसन्धानमा पोख्त अधिकृत समेत खटाएका छन्।

अहिले विशेष ब्युरोबाट रामदत्त जोशीलाई सहभागी गराइएको छ। सिआइबीले अनुसन्धानको जिम्मा लिएको भने साउन २१ मा हो। अनुसन्धानको जिम्मा लिएको एक महिना पुग्न लाग्दा अनुसन्धानमा दक्ष अधिकृतहरूलाई सहभागी गराइएको छ।

सुरुमा सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान सुरु गरेको थियो। तर अहिले सीआईबीले अन्तर्राष्ट्रिय सञ्जालसम्म अनुसन्धान थालेपछि थप अनुसन्धान टोली खटाइएको छ। धनकुटाबाट एसपी कृष्ण प्रसाद कोइरालालाई बोलाएर अनुसन्धान खटाइएको छ। उनी धनकुटाबाट सिआइबी आउने भएका छन्।

साउन २१ मा सीआईबीले अनुसन्धानको जिम्मा लिएपछि तस्करीमा संलग्न भनिएका मुख्य चिनियाँहरु पक्राउ परिसकेका छन्। केही व्यक्ति फरार रहेको सीआईबीले जनाएको छ। उनीहरुलाई कानुनी दायरामा ल्याउन इन्टरपोलमार्फत चीन र हङकङका प्रहरीसँग समन्वय गरिएको छ।

भारतीय प्रहरीसँग पनि यस विषयमा समन्वय गरिरहेको सीआईबीले जनाएको छ। इन्टरपोलकै समन्वयमा नेपाल प्रहरीले अनुसन्धान एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइसकेको छ।नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!