०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नक्कली फेसबुक आइडी बनाई अरुको चरित्र हत्या गर्ने एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र १३, २०८०


ABC (क्राईमबिट)
काठमाडाैं । सामाजिक संजालको दुरुपयोग गरी फेसबुकमा साथी बनाई चरित्र हत्या गरेको आरोपमा भक्तपुर निवासी २५ वर्षीय सुसन चाैगुठलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सामाजिक संजाल फेसबुकमा केटी साथीहरु बनाई नजिक भई प्रेम जालमा पारी बिभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरुको दुरुपयोग गरी नक्कली फेसबुक आइडी बनाई फोटो तथा भिडियोहरु सार्वजनिक गरी चरित्र हत्या गर्ने कार्य गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई विद्युतिय कारोवार ऐन, २०६३ बिपरितको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले पक्राउ गरी विद्युतिय कारोवार ऐन, २०६३ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!