०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

एमाले नेतासहित जनकपुर उडेको बुद्ध एयरको जहाज काठमाडौंमै आपतकालीन अवतरण

Logo
प्रकाशित बुधबार, भाद्र १३, २०८०


(ABC-Sanchar)
काठमाडौं । जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको बुद्ध एयरले जनाएको छ।

काठमाडौं जनकपुरको उडान नम्बर ५०१ को नाइन एन–एजेओ जहाजमा प्राविधिक समस्या देखिएको बुद्ध एयरले जनाएको छ। उक्त जहाजमा नेकपा एमालेका नेताहरु समेत सवार थिए।

सिरहामा हुने केन्द्रीय सचिवालयको बैठकमा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत नेताहरु जनकपुर जाँदै थिए।

जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिए पनि प्राविधिक समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता भएको थियो। काठमाडौंमा सुरक्षित अवतरणपछि उक्त जहाजका यात्रुलाई अर्को जहाजमार्फत् जनकपुर पठाइएको बुद्ध एयरले जानकारी दिएको छ।

जनकपुरबाट काठमाडौं फर्किएको जहाजबारे अहिले प्राविधिक टिमले अध्ययन गरिरहेको बुद्ध एयरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!