०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

वर्डलिंकले तुलसीपुरमा निशुल्क एसिया कप २०२३ देखाउने

Logo
प्रकाशित बुधबार, भाद्र १३, २०८०

 

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ को प्रत्यक्ष प्रशारण तुलसीपुरमा निशुल्क हुने भएको छ । वर्डलिंक कम्युनिकेशन लिमिटेड तुलसीपुर शाखाको प्रयोजन तथा युथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित ड्रिम्स पार्टि प्यालेसमा खेलको निशुल्क प्रशारण गरिने भएको हो। आज एक कार्यक्रमको आयोजना गर्दै वर्डलिंक कम्युनिकेशन तुलसीपुर शाखाका सेल्स सुपरभाईजर सागर थापाले नेपालले पहिलो पटक ऎतिहासिक सहभागीता जनाउन लागेको उपलक्ष्यमा प्रोजेक्टर मार्फत खेल देखाउन लागिएको जानकारी दिनुभएको थियो । यस क्षेत्रका क्रिकेटप्रेमीहरु लाई मध्यनजर गर्दै युथ्स अफ तुलसीपुरले खेल प्रशारणको आयोजना तथा व्यवस्थापन गर्न लागेको युथ्स अफ तुलसीपुर अध्यक्ष अरुण लहरेले जानकारी दिनुभएको थियो । एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। निशुल्क रुपमा खेल हेर्न आयोजकले जानकारी दिएको छ । साथै खेल अवधीभर तुलसीपुर को विपी चोकमा रहेको वर्गर हाउस एण्ड चिकेन स्टेशनमा वर्डलिंकका सम्पूर्ण ग्राहकले छुट पाउने पनि जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!