०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

चीनले हालै जारी गरेको नयाँ नक्साबारे धेरै नबोल्न भारतलाई चेतावनी

Logo
प्रकाशित बिहिबार, भाद्र १४, २०८०


(ABC-Sanchar)
काठमाडौं । चीनले नयाँ नक्सा जारी गर्दै अरुणाचल प्रदेशलाई आफ्नो भूमिका रूपमा प्रस्तुत गरेपछि भारतले विरोध जनाइरहेको छ ।

भारतको विरोधसँगै चीनले भारतलाई चेतावनी दिँदै नयाँ नक्साबारे धेरै नबोल्न भनेको हो । २८ अगष्टमा चीनले यस वर्षका लागि मानक नक्सा भन्दै नयाँ नक्सा जारी गरेको थियो । पहिलेजस्तै चीनले यस वर्ष पनि अरुणाचल प्रदेश र अक्साईलाई आफ्नो भूमि भएको दाबी गरेको छ ।

त्यसपछि भारतका विदेशमन्त्री एस जयशंकरले चीनले बेतुक र मूर्ख दाबी गरेको बताएका थिए । जयशंकरले भनेका थिए, ‘चीनको यो पुरानो बानी हो । उसले अर्काको भूमिलाई आफ्नो भएको दाबी गर्छ । हाम्रो सरकारले देशको रक्षाका सन्दर्भमा आफ्नो स्थितिलाई प्रस्ट पारेको छ । अरुको क्षेत्र कुनै पनि प्रकारको बेतुका दाबीले कसैको हुनेछैन ।’

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतलाई चेतावनी दिँदै चिनियाँ नक्साबारे भारत शान्त रहनु नै उत्तम उपाय भएको बताएका छन् । उनले भनेका छन्, ‘२८ अगष्टमा चीनले सन् २०२३ को मानक नक्सा जारी गरेको छ । चीनले कानुनअनुसार सार्वभौमिक प्रक्रियाअन्तर्गत नियमित अभ्यास गरेको हो ।’

‘हामी आशा गर्दछौँ कि यस विषयमा सम्बन्धित पक्षहरू वस्तुनिष्ठ हुनुपर्छ र शान्तिपूर्ण रूपमा आफ्नो काम गर्नुपर्छ । उनीहरू यस विषयलाई अति व्याख्या गर्नबाट जोगिनुपर्छ,’ वेनबिनले भनेका छन् ।

चीनले भारतको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा बताउँदै उक्त क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्ने गर्दछ । यसैवर्षको अप्रिल महिनामा पनि चीनले अरुणाचल प्रदेशका ११ गाउँको नामलाई चिनियाँ नाम दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!