०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपाल मुस्लिम संघ पर्साको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र १७, २०८०

(ABC-Sanchar)
पर्सा । नेपाल मुस्लिम संघ पर्सा जिल्ला को तेस्रो अधिबेशन आज सम्पन्न भएको छ । बिरगंज स्थित सभा गृह मा भएको अधिबेशन मा प्रमुख अतिथि रहेको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अजय चौरसिया रहेका थिए । आज अधिबेशन को उद्घाटन गर्दै उनले देश मा मधेशी महिला , आदिवासी , जनजाति , मुस्लिम लगायत पिछडिएका ब्यक्तीहरुको हक अधिकार का लागि सब भन्दा पहिले अवाज उठाउने पार्टी नेपाली कांग्रेस भएको बताए । नेपाली कांग्रेस ले सुशील कोइराला को सरकार मा सविधान संशोधित गरि आरक्षण को ब्यवस्था गरेको थियो ।त्यस्तै प्रत्येक निकाय मा समावेशी समानुपातिक पद्धति लागू गराए को बताए । जनसंख्या को आधारमा निर्वाचन क्षेत्र को घोषणा नेपाली कांग्रेस ले नै माग गरेर लागू गराएको बताए ।

विशिस्ट अतिथि का रुपमा रहेका मधेश प्रदेश का गृह तथा संचार मन्त्री समिम मोहम्मदले मुस्लिम संघ को स्थापन नेपाली कांग्रेस का पुर्व प्रधानमन्त्री मन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला को पालामा भएको को थियो । मुस्लिम समुदाय को राजनीतिक मार्फत हकहित संरक्षण गर्न स्थापना गरिएको मुस्लिम संघ जुन गतिमा काम गर्नु पर्ने थियो त्यो अनुसार को नभएको बताए । त्यस्तै मुस्लिम संघ ले २०६६ साल देखि नेपाली राजनीति मा के कति मुस्लिम समुदाय का युवाहरु लाई ल्याउनु भयो , कति महिलाहरु लाई कुन तह मा राख्न सफल हुनु भयो जस्ता प्रश्नहरु राखेका थिए । त्यस्तै नेपाली राजनीती मा मुस्लिम समुदाय का महिलाहरु को उपस्तिथि एकदम न्यून रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथी का रुपमा रहेका नेपाली कांग्रेस पर्सा का सचिव तथा बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलम ले अधिबेशन बाट चुनेर आउने पदाधिकारी लाई बधाइ तथा शुभकामना दिदै आउने दिनमा नेपाली कांग्रेस पार्टी लाइ अगाडि बढाउने अरु भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ , नेपाल महिला संघ जस्तै नेपाल मुस्लिम संघ को पनि मुख्य भुमिका हुने बताए । त्यस्तै बिगतका स्थानीय , प्रदेश तथा संघ को चुनावहरु मा नेपाली कांग्रेस लाई जिताउन मुस्लिम संघ नेपाल को योगदान ठूलो रहेको बताए । त्यस्तै मुस्लिम समुदाय प्रती जबजब दमन , आक्रमण हुदा नेपाली कांग्रेस पार्टी छाता बनेर मुस्लिमहरु को पक्षमा उभिएर रहेको बताए ।

नेपाली कांग्रेस पर्सा का उपसभापति राम नारायण कुर्मी नेपाली कांग्रेसले मुस्लिमहरूको हित र अन्यायका बिषयमा निरन्तर लाग्दै आएको र बिगतदेखि हालसम्म प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य, प्रदेश सभा सदस्य पार्टी संगठन लगायतका ठाउँमा सहभागिता गराउँदै आएको बताए । मुस्लिम हकहित अधिकारका लागी लामो समयदेखि लडदै आएको चाहे त्यो प्रतिबन्धित अवस्थामा होस मस्जिद जग्गाको सन्दर्भमा होस ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति मोहम्मद साबुदिन ले नेपाली कांग्रेस लाई मजबुत बनाउन मुस्लिम संघ नेपाल ले सक्रिय रुपमा काम गरेको बताए। मुस्लिम समुदाय को हकहित को लागि सदेव लड्ने पार्टी नेपाली कांग्रेस मात्र भएको तथा अन्य पार्टीहरु ले मुस्लिम समुदाय लाई विभिन्न प्रलोभन देखाएर भोट लिएको तर अहिले सम्म केही काम नगरेको बताए ।

आज भएको अधिबेशको सभापति जाकिर हुसेन ले मुस्लिम सघं नेपाल ले आउने दिन मा मुस्लिम समुदाय को उन्नति प्रगति को लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए । मुस्लिम समुदायका युवाहरु लाई राजनीति तथा पार्टी को हरेक निकायमा समाबेश गराउन भुमिका खेल्ने बताए । आज भएको अधिबेशन कार्यक्रम मा मुस्लिम संघ का केन्द्रिय कार्यवाहक सभापति अताबुल मन्सुर, पुर्व मन्त्री सुरेन्द्र चौधरी ,प्रदेश सभा सदस्य श्याम पटेल, पटेर्वा गाउपालिका का अध्यक्ष दिनेश चौधरी ,नेपाली कांग्रेसका नेता किरण सरकार,नवीन सिंह,धर्मराज यादव,शेष हजरा लगायत को उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!