०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

श्रीमती चढेको सरकारी गाडीलाई ट्राफिक प्रहरीले अनावश्यक केरकार गर्‍यो : बालेन्द्रको सचिवालय

Logo
प्रकाशित आइतबार, भाद्र १७, २०८०

(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ ।

मेयर शाहको सचिवालयले त्यस क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको आरोप पनि लगाएको छ । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो,’ शाहको सचिवालयले भनेको छ, ‘कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।’ उक्त घटनाबारे गृह प्रशासनले भ्रमक सूचना दिएको पनि शाहको सचिवालयको भनाइ छ ।

मेयर शाहको सचिवालयले ‘गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन’ पनि आग्रह गरेको छ ।

शनिबार साँझ भएको उक्त घटनापछि मेयर शाहले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाको सवारी साधन आगामी दिनमा रोकिए ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर धम्कीपूर्ण भाषामा लेखेका थिए । जसको चौतर्फी विरोध भएको थियो । शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा भने उक्त अभिव्यक्ति किन आयो भन्नेबारे केही उल्लेख छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!