(ABC-Sanchar)
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले रातोपाटीलाई बताए ।
आइतबार चार जनाले आफ्ने बहस गरेका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको ईजलासमा आइतबार सहायक जिल्ला न्यायाधीवक्ता चन्द्र संजेल, दिनेश भट्टराई, जिल्ला न्यायधीवक्ता महेश प्रसाद खत्री र उप–न्यायाधीवक्ता रमेश भट्टराईले बहस गरेका थिए ।
लिखत किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको मुद्दामा सरकार पक्षको बहस सकिएपछि सोमबार नै प्रतिवादीको तर्फबाट बहस शुरु हुनेछ । न्यायाधीश ढकालले प्रतिवादीहरुलाई पनि बहसको लागी तयार हुन भनेका छन् । सरकार पक्षको बहस सकिएपछि प्रतिवादी शिवजी भट्टराईको तर्फबाट ब
हस शुरु हुनेछ ।