०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

काठमाडौं वीर अस्पतालको छ्तबाट हाम्फालेर एक अज्ञात व्यक्तिले गरे आत्महत्या

Logo
प्रकाशित सोमबार, भाद्र १८, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । सोमबार बिहानै उनले हाम्फालेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अहिले अहिलेसम्म पहिचान खुलेको छैन ।

अस्पतालका निर्देशक सन्तोष पौडेलका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाइएको शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पौडेलको भनाइ छ ।

सोमबार बिहान करिब तीन बजेतिर घटना भएको अस्पतालमा भएको सीसीटीभीबाट देखिएको जनाइएको छ । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।

उमेर अनुमानित ३५ वर्ष उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल र परिचयपत्र केही भेटिएको छैन । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान गरिएको छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!