
(सागर थापा)
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङ दरबन्दी भई हाल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भई जानलाग्नु
भएका ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्ललाई
सोमबार जिल्ला प्रहरी कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरि दाङ
प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पूर्ण दाङ प्रहरी कर्मचारीहरुले भब्य बिदाई गरेको जिल्ला प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।