०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा वीमितको पैसा दिन आनाकानी किन ?

Logo
प्रकाशित सोमबार, भाद्र १८, २०८०

(ABC-Sanchar)
पर्सा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्स्योरेन्स गराएका एक जना विमितको पैसा दिन आनाकानी गरेको छ। सफि अख्तर देवान ले नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो इन्स्योरेन्स मिति इ.स. २०२१.११.०८ मा २५०००००( पच्चीस लाख )को गराएको तथा इन्स्योरेन्स को नियम अनुसार साल सालै २ लाख सैतिस हजार बैरान्नवे रुपैया तिर्दै आएका थिए ।

तर हाल उनी दुर्घटनाको कारण अँखा नदेख्ने भएका छ। उनको दुबै आखाले देख्न छोडेको छ। इन्स्योरेन्सको नियम अनुसार दुर्घटना भएर स्थाइ रुपले अपंगता भएमा पुरक करारमा उल्लेखित रकम उपलब्ध गराउने भनिए पनि उनलाइ अहिले सम्म इन्स्योरेन्सको पैसा दिइएको छैन। सफि अख्तर देवानले बताए अनुसार आफू दुबै आँखाले देख्न नसक्ने भएको तथा यसको प्रमाणहरु देखाउदा समेत इन्स्योरेन्स कम्पनीले केही सुनुवाइ नगरेको बताए । दिन रात आफू तनाबमा रहेको बताए ।

आफुलाइ हस्ताक्षर गर्न घरी घरी बोलाउने गरेको बताए । मेरो परिवारलाई पनि धेरै दुख सहनु परेको बताए । पिडितले रुदै रुदै पालै पालै इन्स्योरेन्स कम्पनी धाइ रहेको तर कर्मचारीहरुले ललाई फकाइ घर फर्काउने गरेका छन। नेशनल इन्स्योरेन्सका कर्मचारी देखि लिएर शाखा प्रमुखले दुख दिएको बताए । आफू अपांग भएको व्यक्तिलाई इन्स्योरेन्स कम्पनी ले ४ महिना देखि दौडाइ रहेको छ । आफू धेरै समस्यामा परेको उनले प्रहार डेलिका सम्पादक राहुल गुप्तालाई बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!