२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

सर्लाहीबाट म्याग्दी सरुवा भएका इन्स्पेक्टर प्रदेशमा पैसा असुलीमा

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०

ABC (क्राईमबिट)
सर्लाही । प्रहरी प्रधान कार्यालयले म्याग्दी सरुवा गरेर पनि मधेस प्रदेशको प्रशासनमा अखडा जमाएर बसेका इन्स्पेक्टर अशोक झालाई कहाँबाट कसले आशिर्वाद प्रदान गरेको छ भन्ने विषयमा त्यहाँका प्रहरी कर्मचारी बीच चर्चा परिचर्चा हुन थालेको छ ।

प्राप्त समाचार अनुसार आन्तरिक सरुवामा तर मार्दै आएका झा म्याग्दी नगएर त्यही बस्ने प्रयत्नमा शक्ति केन्द्रलाई खुसी पार्न सबै औजार प्रयोग गर्ने गरेका छन् । आन्तरिक सरुवामा व्यापक पैसा उठाउने भनेर नाम चलेका इन्स्पेक्टर झा ले पछिल्लो पटक सिमा प्रहरी चाैकी सगरामपुरमा वरिष्ठ सईलाई तानेर अत्यन्तै विवादीत असई मनोज यादवलाई पठाएका छन् । राम्रो रकम लिएर साधारण तालिम समेत नगरेका मनोज यादवलाई पठाइएको समाचार स्रोतको दावी छ ।

यादव प्रहरी हवल्दारमा हुँदा बालाजुबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख नगद रकम सहित रंगेहात पक्राउ गरेको थियो । पटक पटक घुमुवा बसेर अत्यधिक विवादमा रहेका मनोजलाई रवि लामिछाने गृहमन्त्री हुँदा उनको विषयमा थुप्रै उजुरी परेपछि लामिछानेले तुरुन्त हटाउन निर्देशन दिएपछि गणमा धपाइएको थियो । गृहमन्त्रीबाट लामिछाने गए लगत्तै पैसाको भरमा यादव सर्लाही आएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीको घुमुवा प्रहरी हवल्दार अजोहया यादवको डिजाइनमा वरिष्ठ सईलाई तानेर असई यादवलाई इन्चार्ज बनाइएको रिपोर्ट नेपाललाई प्राप्त समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!