२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सर्लाहीबाट म्याग्दी सरुवा भएका इन्स्पेक्टर प्रदेशमा पैसा असुलीमा

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०

ABC (क्राईमबिट)
सर्लाही । प्रहरी प्रधान कार्यालयले म्याग्दी सरुवा गरेर पनि मधेस प्रदेशको प्रशासनमा अखडा जमाएर बसेका इन्स्पेक्टर अशोक झालाई कहाँबाट कसले आशिर्वाद प्रदान गरेको छ भन्ने विषयमा त्यहाँका प्रहरी कर्मचारी बीच चर्चा परिचर्चा हुन थालेको छ ।

प्राप्त समाचार अनुसार आन्तरिक सरुवामा तर मार्दै आएका झा म्याग्दी नगएर त्यही बस्ने प्रयत्नमा शक्ति केन्द्रलाई खुसी पार्न सबै औजार प्रयोग गर्ने गरेका छन् । आन्तरिक सरुवामा व्यापक पैसा उठाउने भनेर नाम चलेका इन्स्पेक्टर झा ले पछिल्लो पटक सिमा प्रहरी चाैकी सगरामपुरमा वरिष्ठ सईलाई तानेर अत्यन्तै विवादीत असई मनोज यादवलाई पठाएका छन् । राम्रो रकम लिएर साधारण तालिम समेत नगरेका मनोज यादवलाई पठाइएको समाचार स्रोतको दावी छ ।

यादव प्रहरी हवल्दारमा हुँदा बालाजुबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख नगद रकम सहित रंगेहात पक्राउ गरेको थियो । पटक पटक घुमुवा बसेर अत्यधिक विवादमा रहेका मनोजलाई रवि लामिछाने गृहमन्त्री हुँदा उनको विषयमा थुप्रै उजुरी परेपछि लामिछानेले तुरुन्त हटाउन निर्देशन दिएपछि गणमा धपाइएको थियो । गृहमन्त्रीबाट लामिछाने गए लगत्तै पैसाको भरमा यादव सर्लाही आएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीको घुमुवा प्रहरी हवल्दार अजोहया यादवको डिजाइनमा वरिष्ठ सईलाई तानेर असई यादवलाई इन्चार्ज बनाइएको रिपोर्ट नेपाललाई प्राप्त समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!