०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपालगञ्जमा बरीष्ठ सई विनोद सिंहमाथि युवाहरुद्वारा खुकुरी प्रहार २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज बजारमै युवाहरुको समुहले बरीष्ठ सई विनोद सिंहमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय वाँकेका एसपि सन्तोष सिंह राठौरले बरीष्ठ सई सिंंह माथि युवाहरुको समुहले खुकुरी प्रहार गरेर घाइते बनाएको पुष्ट्रि गरे । एसपि राठौरले आक्रमणको कारण वारे केही खुल्न नसकेको र घटना वारे अनुसन्धान भइरहेको भन्दै आक्रमणमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरीसकेको जानकारी दिए । उनले सिंह दाङ लगायतका विभिन्न जिल्लामा काम गरेको बताए । सिंहमाथि युवाहरुको समुहले आइतवार राति साढे १० वजेतिर आक्रमण गरेका हुन् । स्कुटरमा हिडिरहेका सिंहलाई कलपतरु होटल नजिकै युवाहरुको समुहले स्कुटर रोकेर विवाद गर्दै उनिमाथि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज कोरीयनपुरका दिपेन्द्र अधिकारी र जानकी गाँउपालिका १ शिवपुरीका भरत थापाले बरीष्ठ सई माथि खुकुरी हानेर घाइते बनाएका हुन् । उनिहरुलाइ पक्राउ गरेर मुद्धा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ । घाइते सिंहको दायाँ हातमा गहिरो चोट लागेको र वाँयाा हात पनि काटिएको जिल्ला प्रहरी कार्यालय वाँकेले बताएको छ । बरीष्ठ सई सिंहले केही दिन अघि मात्रै पदवाट राजिनामा दिएका थिए । सिंहको अहिले अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाई छ । पिडित सिंहले उनिहरु विरुद्ध ज्यान मार्ने उद्याेगमा प्रहरीमा जाहेरी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!