ABC (क्राईमबिट)
काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राममा आकर्षक तलब सुबिधामा बैदेशिक रोजगारको लागी क्यानडा जान वर्कपरमिट भिसा पाइने भनि नक्कली बिज्ञापन गरी क्यानडा जान ईच्छुक इन्स्टाग्राम प्रयोगकर्तासँग पिडितले कुराकानी गर्दै जाँदा उनीहरुले क्यासियरको काम लगाईदिने र मासिक ५ लाख ४५ हजार तलव हुने भनी प्रलोभनमा पारेको खुलेको छ ।
भिसा प्रोसेसीङको लागी केही रकम शुरुमा लाग्ने देखाई नेपालमा रहेका बिभिन्न ब्यक्तिहरुको नाममा संचालित बैंक खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७१० रुपैया पठाउन लगाएका थिए । त्यसै अनुरुप पिडितहरुले पैसा जम्मा गरेका थिए ।
यसरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ वर्ष ३० को लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ वर्ष ३५ को महावीर प्रसाद साहलाई पक्राउ गरि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, भक्तपुर, पठाईएको काठमाडाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।