०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

चीन सरकारले सरकारी कर्मचारीहरूलाई I Phone कम्पनीको मोबाइलमा प्रतिबन्ध

Logo
प्रकाशित बुधबार, भाद्र २०, २०८०

चीन सरकारले सरकारी कर्मचारीहरूलाई
I Phone कम
(ABC-Sanchar)
काठमाडौं । वाल स्ट्रीट जर्नलका अनुसार चीनले आफ्ना सरकारी अधिकारीहरूलाई एप्पलका आईफोनहरू र अन्य विदेशी ब्राण्डका उपकरणहरू कामका लागि प्रयोग नगर्न र कार्यालयमा नल्याउन आदेश दिएको हो।

एप्पल कम्पनीले आगामी हप्ता दिनभित्र आफ्ना नयाँ उत्पादन बजारमा ल्याउन लागेका समय चीनले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ।

चीन-अमेरिका तनाव थप बढ्दै गएका बेला चीनले लगाएको यो प्रतिबन्धले चीनमा काम गर्ने विदेशी कम्पनीहरूमा चिन्ता उत्पन्न गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

चीन अमेरिकापछि एप्पलको सबैभन्दा ठूलो बजार हो। चीनको यो कदमका कारण एप्पलले चिनियाँ बजारबाट प्राप्त हुँदै आएको २० प्रतिशत आय गुमाउनेछ।

चीनले स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम उठाएको हुन सक्ने बताइएको छ।

अमेरिकाले पनि टिकटकसहितका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने संकेत दिइरहेको छ। केही राज्यले त प्रतिबन्धको घोषणा पनि गरिसकेका छन्।

दुई देशले एकअर्कामाथि लगाएको यस किसिमको प्रतिबन्धले उनीहरूबीचको सम्बन्धको तनाव थप उत्कर्षमा पुगेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!