०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै भेटिएनन्

Logo
प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

१२ दिनदेखि हराइरहेका डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।

दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन छन्।

‘हामीले उहाँ जान सक्ने सम्भावित ठाउँ खोजिसक्यौं। भीर–पहरा, नदी किनार सबैतिर खोज्यौं। बाहिर जिल्लामा पनि सर्कुलर भएर खोजी भइरहेको छ,’ डोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले भने, ‘पत्ता लाग्नै सकेन।’

गुल्मपति पण्डित भदौ १० गते अपराह्न ४ः५५ बजे साथीसँगै घुम्न निस्किएका थिए। साथीलाई बाटैबाट फर्काएर सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।

उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोट देखाएको छ।

पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!