०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

कपिलवस्तुमा नदी कटानले समस्या निम्त्यायो गाउँपालिका चासो

Logo
प्रकाशित शुक्रबार, भाद्र २२, २०८०

(ABC-Sanchar)
कपिलवस्तु । विजयनगर गाउँपालिकाका बस्तीमा नदी कटानले समस्या निम्त्याएको छ । पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।

नदी कटानले ७ सय बिघा खेतीयोग्य जमिन उच्च जोखिममा छ । चिराई नदीले वडा नम्बर २ मा चिराई नदीले लोहरौलाको छिटहनीमा एक सय ५० मिटर र दौवानमा दुई सय ५० मिटर जमिन कटान गरेको छ । वडा नम्बर १ सेमरीमा चिराई र विशवा खोलाको दोभानले कटान गरी दुई सय ५० मिटर बस्तीतर्फ छिरेको अनुगमनको क्रममा देखिएको अध्यक्ष थापाले बताउनुभयो । चिरई नदीले कटान गर्दा आधारभूत विद्यालय थरौली समेत जोखिममा परेको छ ।

नेपाल भारत सीमामा पर्ने अर्रा नदीले अन्दाजी पाँच सय बिघा वन क्षेत्र (गौतमबुद्ध साझेदारी बन) कटान गरेको छ । नयाँ बस्ती–तीनघरेको बीचका पाँच बस्ती प्रभावित भएका छन्। जसका कारण नौसहरा, वीरनगर, अमृतडिहवा, नयाँबस्ती र तिनघरे गाउँ जोखिममा छन् ।

जलस्रोत तथा सिँचाइ विकास कार्यालयका डिभिजन प्रमुख पुरुषोत्तम उपाध्यायले नदी कटानले उच्च जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माणको योजना निर्माण गर्ने बताउनुभयो। वर्षातको सिजन सकिए लगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर तटबन्ध निर्माणका विभागसँग समन्वय गरिने बताइएको छ । स्थानीय सरकारसँग साझेदारी गरी तटबन्ध निर्माण गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!