
ABC (क्राईमबिट)
चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा भाद्र २० गते देखि सञ्चालित “प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं” समूहको प्रशिक्षणको दौरान नवप्रवर्तनिय कार्यक्रम अन्तरगत सञ्चालन गरिएको “ASI BASIC 2-178 BATCH
SPORTS MEET 2080″ मिति २०८० साल भदौ २१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमूख आतिथ्यतामा मार्चपास तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण अवधिभर सञ्चालित भलिबल, फुटबल, बास्केटबल, सट पुट, लङ् जम्प, हाई जम्प, १०० मिटर दौड (पुरूष तथा महिला), ४०० मिटर रिले दौड लगायतका खेलकुदका विजेता खेलाडीहरूलाई प्रमूख अतिथीज्यूले मेडल वितरण गर्नु भई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो ।
निर्देशन सम्बोधनको क्रममा खेलकुदले अनुशासन, सामुहिक भावना, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने भएकाले आगामी दिनमा आइपर्ने चुनौतीहरूलाई सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भई विजेता खेलाडीहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो ।