०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

अज्ञात स्रोतबाट मानिसहरूको बैंक खातामा पैसा आयो गाउँलेहरु रातारात धनी बने

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०


(ABC-Sanchar)
काठमाडौं । ओडिशाको केन्द्रपारा जिल्लाको करिब ४० वटा बैंक खातामा अचानक ठूलो रकम जम्मा भयो । खातावालाको मोबाइलमा यो सन्देश पुगेपछि उनीहरु खुसी भए तर यो रकम कहाँबाट आयो भन्ने अन्योलमा परे । त्यसपछि पैसा निकाल्न बैंकमा भीड लागेको थियो ।

जानकारीका अनुसार यो मामला केन्द्रपारा जिल्लाको उल ब्लकमा रहेको ओडिशा ग्राम्य बैंकको बटीपाडा शाखासँग सम्बन्धित छ। खातावालाले आफ्नो खातामा ठूलो रकम जम्मा भएको थाहा पाएपछि तुरुन्तै रकम निकाल्न बैंक पुगेका थिए । सो क्रममा केहीले खाताबाट पैसा निकाले । धेरै मानिसहरु रित्तै हात फर्किनुपर्यो ।

खातावालाको मोबाइलमा आफ्नो खातामा पैसा जम्मा भएको सन्देश आएको बताइएको छ । यसमा कैयौं हजारदेखि दुई लाखसम्म रकम जम्मा भईरहेको जानकारी दिइएको थियो । त्यसपछि मानिसहरू तुरुन्तै पैसा निकाल्न बैंक पुगे।

बैंकमा मानिसहरुको भीड जम्मा भएको थियो । बैंकका अधिकारीहरूले मानिसहरूको भीड देखेपछि खातामा आएको रकम शंकास्पद भएको थाहा पाए र उनीहरूले तत्कालका लागि रकम झिक्न रोक लगाएका थिए ।

सुरुमा बैंकमा पुगेकाहरु खाताबाट पैसा झिक्न सफल भएपनि बैंकमा पैसा झिक्नेहरुको भीड लागेपछि बैंकका अधिकारीहरुलाई शंका लागेको थियो ।

त्यसपछि खातामा जम्मा भएको रकमबारे शंका उत्पन्न भएपछि बैंकले केही समयका लागि रकम झिक्न रोकेको थियो । बैंकका अधिकारीहरूले अहिले जनताको खातामा पैसा कहाँबाट आयो भनेर अनुसन्धान गरिरहेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!