०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

युवा संघ पर्साद्वारा सार्बजनिक बिदाको दिन पास बिना सरकारी सवारी साधनहरु नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

(ABC-Sanchar)

पर्सा । बिरगंज शनिवार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमेतको गाडीलाई राष्ट्रिय युवा सङ्घ नेपाल पर्सा जिल्ला कमिटीले नियन्त्रणमा लिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिवार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सङ्घ पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए । उनकाअनुसार प्रमुख जिल्ला अधिकारीको गाडीसहित ३ वटा गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएका सवारी साधन बेलुका ५ बजेपछि मात्रै छोडिने युवा सङ्घ वीरगञ्ज महानगरका अध्यक्ष अमिर खानले बताए । प्रमुख जिल्ला अधिकारीको गाडी भने पास लिएर आउने सर्तमा फिर्ता पठाइएको उनको भनाई छ ।

बिदाको दिन पनि सरकारी सवारी साधन दुरुपयोग हुने गरेको पाइएपछि युवाहरूले खबरदारी स्वरूप सवारी साधन नियन्त्रणमा लिने अभियानको थालनी गरिएको राष्ट्रिय युवा सङ्घ पर्साका अध्यक्ष निजामले बताए ।

सो अवसरमा सङ्घका केन्द्रीय सदस्यहरू रबी गुप्ता, बाबुराम खनाल, कौशल किशोर साह, प्रदेश सदस्य रोशन साह, महानगर अध्यक्ष अमिर खान, जिल्ला कमिटी सचिव अर्जुन नेपाल, सदस्यहरू साहिर अन्सारी, प्रमोद पटेल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!