०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपाल प्रहरीका एसपी सुरेश काफ्लेसहित ४ जना प्रहरी अधिकृतहरुको भब्य बिदाई

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं.१०३१, भदौ १५ गतेको पत्रद्वारा विभिन्न प्रहरी कार्यालय हरूमा सरुवा हुनु भएका प्रहरी उपरीक्षकहरु सुरेश प्रसाद काफ्ले रमेश थापा,र चित्र बहादुर गुरुङ् तथा च.नं. १०३६, मिति २०८०/०५/१५ गतेको पत्रद्वारा काज सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई मिति २०८०/०५/२२ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीबाट कृतज्ञताको चिनो प्रदान तथा आ-आफ्नो कार्यक्षेत्रमा गई प्रहरी संगठनको छवि उच्च राख्दै संगठनका कार्ययोजना तथा निति नियमहरूको अक्षरस पालना गरी विद्यमान विभिन्न चुनौतिहरूको सामना गर्दै जनता माझ भरपर्दो शान्ति सुरक्षा, अमन चयन कायम गर्न र आर्थिक अनियमितामा शुन्य सहनशिलता निति अबलम्बन गर्न हुन भनी शुभकामना सन्देश सहित एक समारोह बीच फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।
साथै उक्त कार्यक्रममा प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.सह-निर्देशकहरू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य तथा अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू र प्रहरी हवल्दार/जवानहरू समेतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!