
(ABC-Sanchar)
अछाम । जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन्। हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो।
यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए।
घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।